Government of Karnali Province

Ministry Of Land Management, Agriculture & Co-operative

Directorate of Agriculture Development

Agriculture Development Office

Jajarkot


Introduction

कृषिमा आश्रित कृषकहरुका विविध समस्याहरु मध्यनजर राखी विद्यमान सिमित श्रोत, साधनहरुको समुचित सदुपयोग गरी उन्नत प्रविधि प्रचार– प्रसार एवं उत्पादन तथा उत्पादकत्व बृद्धिबाट कृषकको जीवनस्तर उकास्ने अभिप्रायले वि.सं. २०३४ सालमा स्थापना भएको जिल्ला कृषि विकास कार्यालयको नाम स्थापना भएको यो संस्था राज्य संघियतामा प्रवेश गरे सँगै कृषि ज्ञान केन्द्रका नामले र कर्णाली प्रदेश सरकारको मिति २०७६ साल भाद्र ५ गतेको निर्णय अनुसार कृषि विकास कार्यालयको नामले स्थापित यस कार्यालयले कृषकहरुलाई दिगो आधुनिक खेती प्रणाली सम्बन्धी ज्ञान एवं सिप प्रदान गर्दै आएको छ । परम्परागत खेती प्रणालीबाट देशको बढ्दो जनसंख्याको लागि चाहिने खाद्यान्न पूर्ति गर्न सम्भव नभएकोले कृषकको चाहना अनुसार कार्यक्रम तर्जुमा गरी खाद्यान्न फलफूल खेती, दलहन, तेलहन र तरकारी खेती व्यवसायको दिगो विकास गर्ने उद्देश्यले कृषि विकासको नीति र कार्यक्रम अनुसार कृषक समूह, कृषि सहकारी तथा निजी उद्धमी कृषकहरुमार्फत सञ्चालन गर्दै आएको छ ।
यस जाजरकोट जिल्लालाई मध्य पहाडी क्षेत्र भनियता पनि यहाको भौगोलिक, हावापानी र मौसम तिन प्रकृतिको (उपोष्ण, समशितोषण र शितोष्ण) पाईने भएकोले भौगोलिक, जलवायु तथा कृषि जैविक विविधता, विभिन्न प्रकारका जडीबुटी र स्थानीय प्राविधिक ज्ञान तथा प्रविधिको खानीको रुपमा लिन सकिन्छ । यी प्राकृतिक संपदाको सुरक्षाका साथै विविधताको सहि तथा अधिकतम उपयोगबाट जाजरकोट जिल्लाको कृषि पेशामा संलग्न कृषकका साथै अन्य जनताहरुको खाद्य सुरक्षामा आत्मनिर्भर बनाउन र कृषि व्यवसायीकरणमा रुपान्तरण गरी जिवनशैलीमा अभिबृद्धि गरी गरिवी निवारणमा सहयोग पु¥याउनु आजको प्रमुख आवश्यकता हो । जलवायु परिवर्तनका कारण हाल विश्वले भोगिरहेको खाद्य संकटको अवस्था तथा जाजरकोटको विविधताको उपयोग गर्दै संभाव्य क्षेत्रमा जिल्ला बाहिर तथा विदेशमा निर्यात गर्न सकिने कृषि उपजहरुको व्यवसायिक उत्पादन गरी गरिवी निवारणमा टेवा पु¥याउनु बर्तमान उत्तिकै आवश्यकता देखिएको छ । जिल्लाको समष्टिगत कृषि क्षेत्रमा सुधार ल्याई उपलब्धिमुलक बनाउन कृषि क्षेत्रले लिने लक्ष, उद्देश्य, कार्यनीति र कार्यक्रमलाई नयाँ सोचको आधारमा तय गरिएको छ । 

Plan

सिंचाईको क्षेत्र बढाउँदै कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्य तथा पोषण सुरक्षामा  टेवा पुर्याउने
तुलनात्मकरुपमा  लाभ दिने कृषि उपज ( तरकारी,फलफूल,बेसार,मह, च्याउ र भटमास ) वालीको प्रवद्र्धन गरी कृषि क्षेत्रलाई प्रतिस्पर्धि बनाउने
प्राङ्गारिक खेतीलाई आत्म साथ गर्दै रैथाने वाली र जैविक विविधताको संरक्षण र सम्वद्र्धन गरी वातावरण मैत्री कृषि प्रवद्र्धन गर्ने 

Aim

.

© 2020 Copyright : कृषि विकास कार्यालय, जाजरकोट
Last Updated: 2021/03/21
Developed By: Ninja Infosys Pvt. Ltd.