कर्णाली प्रदेश सरकार

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

कृषि विकास निर्देशनालय

कृषि विकास कार्यालय

जाजरकोट

कार्य विवरण

प्राथमिकताको रुपमा स्थानीय तहसंगको साझेदारीमा साना सिंचाइ कार्यक्रम संचालन गरिने ।
सिंचित क्षेत्रमा ब्यावसायिक खेति अवलम्वन गरी स्वच्छ, स्वस्थ्य र पोषणयुक्त कृषि उपजको उत्पादकत्व, उत्पादन र रोजगारीमा बृद्धि गर्ने 
गुणस्तरीय उत्पादन सामाग्री (खाद्यान्न तथा तरकारीको वीउ उत्पादन, तरकारी तथा फलफूलका वेर्ना उत्पादन(नर्सरी), मौरी गोला उत्पादन तथा मह आदि) को उत्पादन गरी जिल्लालाई श्रोत केन्द्रको रुपमा बिकास गर्न अनुदान कार्यक्रम संचालन गर्ने ।
जिल्लास्तरमा सम्भावित वालीहरुको  पकेटरकल्ष्टर निर्धारण गरी उत्पादन क्षेत्र र वजार वा सडक जोड्ने ससाना कृषि सडक, साना सिंचाई, कृषि उपज संकलन केन्द्र, कृषि उपज प्रशोधन केन्द्र र वजारकेन्द्रको स्थानीय तहसंगको साझेदारीमा निर्माण तथा संचालन गर्ने ।
कृषक,कृषक समूह्य तथा कृषि सहकारीलाई  किन्ने होइन, वेच्ने  भन्ने धेय्यका साथ आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्न सकिने तुलनात्मक लाभका वाली ( फलफूल, तरकारी,मुसुरो,अदुवा,कागती र मह ) को उत्पादन, प्रशोधन, व्राण्डिंग र बजारीकरणमा प्रोत्साहन गर्ने 
निर्वाहमुखि खेती प्रणालीलाई ब्यावसायिक तर्फ रुपान्तरण गर्दै कृषि यान्त्रिकिकरणमा जोड दिने ।
वेरोजगार यूवा, द्वन्द पिडित,महिला, विपन्न वर्गहरु लाइ कृषि पेशमा आकर्षणका लागि लक्षित वर्ग विशेष कार्यक्रम संचालन गर्ने 
असिनापानी, हावाहुरी,  रोगकीरा, बाढी पैरोबाट वालीनालीमा हुने आकस्मिक क्षतिबाट कृषकहरुको लगानी सुरक्षित गर्न सबैखाले वालीको  वीमा गराउन प्रोत्साहन गर्नुका साथै अनुदानका कार्यक्रममा वीमा अनिवार्य गरिने छ ।
रैथाने प्रजातिका कृषि वालीवस्तुहरु ( चिनो,कागुनो, उवा, फापरजस्ता वाली )को गुणस्तरीय उत्पादनमा गर्न कृषक, कृषक समूह तथा कृषि सहकारीलाई प्रोत्साहन गरीने ।
भकारो सुधार, कम्पोष्ट मल, प्रांगारिक मल,जैविक मल, जैविक विषादिको उत्पादन तथा प्रयोग गरी वातावरण तथा मानव स्वास्थ्यको सुधारमा टेवा पुर्याउनका लागि प्राङ्गारिक खेतीलाई अवलम्वन गराउदै जैविक मल तथा बिषादी उत्पादन गर्ने उद्योग स्थापना गर्ने कृषक, कृषक समूह र कृषि सहकारीलाई प्रोत्साहन तथा अनुदान सहयोग गर्ने ।
अन्य किसान सरकार हातेमालो कार्यक्रम, सहकारी नमूना गाँउ स्थापना, मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार जस्ता कार्यक्रमलाइ निरन्तरता दिइने छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय,कर्णाली प्रदेशले लागु गरेको नीति,नियमलाई पालना गर्ने ।